प्रमुख प्रशासकीय अधिकृत रौनियारले सम्हाले कार्यभार

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद रौनियारले कार्यभार सम्हालेका छन् । प्रमुख प्रसाशकिय अधिकृत रौनियारलाई एक समारोहकाबिच जनप्रतिनिधि र कर्मचारीहरुले फूल माला र अबिर लगाएर स्वागत गरेका थिए ।

सखुवाप्रसौनी गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जसवनत यादवले फूल माला लगाएर स्वागत तथा परिचयात्मक गरे । स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रौनियारले सखुवाप्रसौनी गाउँपालिकाको कार्यभार सम्हाल्दै गाउँपालिकाका जनताहरुको काम काज छिटो–छरितो गरिने बताए ।

गाउँपालिकाको काम कारवाही नियमसंगत अगाडि बढ्ने तथा विकासले गति पाउँनेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए ।स्वागत तथा परिचात्मक कार्यक्रममा वडाध्यक्ष बासदेव महतो थारु, चिरजिबी महतो थारु, महम्द आरिफ मियाँ, अषेशरप्रसाद यादवलगाएत कार्यपालिका सदस्य, कर्मचारी हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया