एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रालिले दसैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजन गर्न लागेको छ । कम्पनीका अनुसार यस विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरू ल्याई एक्साइड ब्याट्रीसँग एक्सचेञ्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

साथमा ज्याकपट मार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ। यस पर्व विशेष यस महोत्सव यही कार्तिक १ गतेदेखि सिमित अवधिको लागि आयोजन गर्न लागिएको हो । नेपालभरी रहेका एक्साइडका आधिकारिक बिक्रेताहरू मार्फत यस योजनामा सहभागी भई भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

थप जानकारीको लागि टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन नं. ०१–५९७०३३९ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया