अनुले ल्याइन् ‘माया बिनाको मान्छे’

काठमाडौं । सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ति’ को शब्द रचना र गायिका अनु चौधरीको एकल आवाज रहेको ‘माया बिनाको मान्छे’ गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सेञ्चुरीले संगीत भरेको गीतमा सामाजिक विषयलाई उठान गरिएको छ ।

गीत र भिडियोमा हङकङबासी संगीतप्रेमी उपेन्द्र विश्वकर्माको लगानी रहेको सञ्चारकर्मी बराइलीले जानकारी दिए । बराइलीकै निर्देशन रहेको गीतको भिडियो छायांकन मनबहादुर पुन तथा लोकेश भाटको सम्पादन रहेको छ । गीतको भिडियोमा मोडल मञ्जिता केसी, शब्द रचनाकार एवं पत्रकार प्रकाश बराइली, राजकुमार रायमाझी, सुजन बराइली, भिमबहादुर पौडेल, रमेश सेञ्चुरीको अभिनय छ । म्याग्देली डिजिटल च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा प्रेमिकाले प्रेमीलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको र अन्तिममा उसको मायालाई बुझेर समर्पण गरेको विषय समेट्न खोजिएको सञ्चारकर्मी बराइलीले बताए । साँचो प्रेमको कदर गर्नुपर्छ भन्ने मान्यतालाई गीतको शब्द र भिडियोमार्फत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया