नेपाल प्रहरीका २८ एसपीको सरुवा

nepal policeकाठमाडौं, १७ माघ । प्रहरी प्रधान कार्यालयले आज २८ जना उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । उनीहरुलाई विभिन्न स्थानमा सरुवा गरेको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सरुवा हुनेमा प्रहरी कर्मचारी प्रशासनमा लामो समय बसेका ठाकुर ज्ञवाली पनि परेका छन् । उनलाई बारा जिल्ला सरुवा गरिएको छ । हालै बढुवा भएका एसपीहरुलाई पनि यसै सरुवामा मिलान गरिएको छ ।
सरुवा हुनेमा एसपी गणेशबहादुर थापा क्षेत्री सुनसरी, मनोज न्यौपाने सिराहा, शरद चन्द सर्लाही, गोबिन्दराम परियार, रौतहट, ठाकुरप्रसाद ज्ञवाली बारा, प्रकाशजंग कार्की नवलपरासी, केदार रिजाल कास्की, भुपालकुमार भण्डारी बाँके, शरेशबिक्रम शाह बर्दिया, प्रेम चन्द डोटी, दानसिंह बोहरा केन्द्रीय प्रहरी विशेष कार्यदल, बिक्रम गुरुङ महाराजगञ्ज रहेका छन् ।
त्यसै गरी, ठाकुरराम बर्तौला हेटौडा, बीरेन्द्र श्रेष्ठ मानव अधिकार उल्लंघन ईकाई, बिक्रम थापा दंगा नियन्त्रण गण रुपन्देही, दिनेश अमात्य तालिम निर्देशनालय, दिलिपबहादुर बस्नेत बिराटनगर, कमलबहादुर जिटी दिपायल, सौरभ राणा तालिम अन्वेषण विकास तथा समन्वय शाखा, कृष्णप्रसाद गौतम महिला बालबालिका सेवा केन्द्र, रामप्रसाद श्रेष्ठ ललितपुरमा सरुवा भएका छन् ।
एसपी राजेशकुमार लाल कर्ण लागूऔषध शाखा, शैलेस थापा क्षेत्री प्रतिआतंकवाद, रामकृपाल शाह प्रहरी प्रधान कार्यालय, संजयराज शर्मा तालिम महाविद्यालय, जगतमान श्रेष्ठ ट्राफिक महाशाखा रामशाह पथ, महेशबिक्रम शाह महानगरीय प्रहरी आयुक्तको कार्यालय र पूर्णचन्द्र जोशी जनसम्पर्कमा सरुवा भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया