डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरोसँगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको हो ।
हिजो शनिबार डोटीको दिपायलबाट फर्किँदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो ।
घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
म १ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया