बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले प्रगतिशिल युवा समाजले समाजले गाँउ–ठाँउ, समाजको लागि राम्रो काम गरेको बताएका छन् । शनिबार सदरमुकाम चैनपुरमा आयोजित प्रगतिशिल युवा समाजको १३औँ वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मेयर बजालले भने, ‘यो गाँउ–ठाँउ समाज विकास गर्न सरकार र संस्थाहरु मिलेर हामी सबैले समाज रुपान्तरण गर्नुपर्छ, सरकार भनेको एकै व्यक्ति नभई त्यसभित्र रहेर काम गर्ने साझेदार संस्थाहरु पनि भएकाले समाज परिवर्तन गर्न हामी सबैको दाइत्व रहेको छ ।’
प्रायः उर्जाशिल युवाहरु विदेश पलायन भएको हुँदा देशमा अब साना बालबालिका र वृद्धा मात्र रहे देश निर्माणमा ढिलाई हुने र प्रायः नेपालीहरुको कुरा मात्रै गर्ने तथा काम नगर्ने भएकाले देश नबन्ने भन्दै उनले आफू नगरपालिकामा निर्वाचित भएर आएपछि भने जती काम गर्न नसकेको आगामी दिनहरुमा सकेजती काम गर्ने बताए ।
प्रगतिशिल युवा समाजले आफ्नो पालिकामा जिविकोपार्जन, गुणस्तरीय शिक्षा, महिला बालबालिकालगायत धेरै क्षेत्रमा आफ्नो परियोजनामार्फत राम्रो काम गरेको हुँदा आफूलाई पनि पालिकामा विकास गर्नका लागि भएकाले आगामी दिनहरुमा पालिका र प्रगतिशिल युवा समाज विच आपसी सहकार्य गरेर अगाडि बढ्ने केदारस्यु गाँउपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन् ।
कार्यक्रममा उपाध्यक्ष धामीले भनिन्, ‘पालिका र संस्थाले गर्ने काम फरक–फरक हुँदो रहेछ ।’ उनले पालिकाबाट बन्ने भौतिक संरचनाहरु निर्माण गर्दा आर्थिक अनियमितता कमसल सामान प्रयोग हुने देखियो भने संस्थाबाट बनेका संरचनाहरु र अन्य कामहरु गुणस्तरीय, दिगो बनेको र कतिपयले आफू उपाध्यक्ष भएको थाहा नभएको र संस्थाका कर्मचारीहरुलाई बढी चिन्नुका साथै संस्थाबाट हुने कामहरुबाट सन्तुष्ट भएको बताइन् ।
त्यस्तै कार्यक्रमा थलारा गाँउपालिकाका अध्यक्ष प्रकाश रोकायाले आफ्नो पालिकामा प्रगतिशिल युवा समाजले गरेका कामहरु नासोकोरुपमा रहेको र कामहरु पनि प्रभावकारी भएको बताए । रोकायाले आफू पालिकामा निर्वाचित हुनपूर्व संस्थाले दुई तीन वर्षअघि पालिकाका विभिन्न वडाहरुमा एक लाख १३ हजारभन्दा बढी फलफूलका बोट–बिरुवाहरु रोपेको ति बोट–बिरुवाहरुबाट अबका दिनहरुमा कतिवटा फलफूल उत्पादन हुने, जिविकोपार्जनतर्फ पनि संस्थाले धेरै जनालाई कुखुरा बाँडेको बताए ।
उनले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई पनि संस्थाकै पहलमा विभिन्न कामरु गरेकोले संस्थाले गरेको काम अविस्मरणीय रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष जगदिश रोकायाले यसरी यस सस्थाका सेवा क्षेत्रभित्र रहेका आम मानिसलाई भेला गराई साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम गर्नु राम्रो पक्ष भएको र संस्थाले गरेको काम समाजमा रहेका मानिसहरुलाई चित्तबुझ्दो भेटीएको बताए । नेपाल सरकारको श्रोत साधनले नभेटेको ठाँउमा संस्थाहरुले काम गर्दा राम्रो हुने र यसले समाजको विकासका लागि महत्वपूर्ण काम हुने उनले बताए ।
कार्यक्रममा संस्थाको आर्थिक र सांगठनिक प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक लभराज जोशीले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले गरेका थिए । कार्यक्रमा उठेका प्रश्नहरुको जवाफ कार्यकारी निर्देशक जोशी र कार्यक्रम व्यावस्थापक यज्ञराज जोशीले दिएका थिए ।
बझाङ
प्रतिक्रिया