पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित नरहन अध्यक्ष तिवारीको आग्रह

पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले अहिलेका युवा पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित रहेको भन्दै त्यसलाई सच्चिन आग्रह गरेका छन् ।

युवाहरुको सञ्जालद्वारा सञ्चालित वीरगञ्ज सञ्जाल डट कमको पाँच वर्ष, वीरगञ्ज सञ्जाल वीरगञ्ज सञ्जाल पत्रिकाको दोस्रो तथा सञ्जाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केही पत्रकारको उदहारण दिँदै उनले दुई वर्षको फेसबुक पेज पल्टाएर हेर्दा उनको सेयरमा तस्करीबाहेकका अन्य समाचार नै हेर्न नमिल्ने कुरा औँल्याए । लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टचारका निम्ति कलम चलाउन आजको युवा पत्रकारको आवश्यकता रहेको कुरामा उनले जोड दिए ।

अबका पत्रकारलाई लेखन सँगसँगै भिडियो सामग्रीसमेत उत्पादन गर्नेतर्फ केन्द्रित गर्न आवश्यक रहेको भन्दै अर्काको भिडियो सेयर गर्नुभन्दा पनि आफ्नै उत्पादनतर्फ ध्यान दिन जरुरी रहेको तिवारीले बताए । सक्रिय युवाहरुकै सञ्जाल भएको वीरगञ्ज सञ्जाललाई अब मिडिया हाउस बनाउनेतर्फ केन्द्रित भएर काम गर्न सुझाव दिँदै नेपाल पत्रकार महासंघले सक्दो सहयोग गर्ने आश्वासन महासंघका अध्यक्ष तिवारी दिए ।

कार्यक्रममा विशिष्ट अथितिको रुपमा रेडियो विन्दासका प्रबन्ध निर्देशक तथा वीरगञ्ज सञ्जाल पत्रिकाका सम्पादक आरसी यादवले सम्बोधन गर्दै वीरगञ्ज सञ्जालले छोटो समयमा पाठक वर्गको मन जित्दै राम्रो सफलता हासिल गरेकोमा धन्यावाद ज्ञापन गर्दै उनले उन्नतिप्रगतिको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वीरगञ्ज सञ्जाल पत्रिकाका सम्पादक आरसी यादव, सञ्जाल राष्ट्रिय दैनिकका सम्पादक एसके पण्डित, सहसम्पादक रन्जित यादवलगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला संवाददाता सिकिन्द्र साह, ग्रामिण संवाददाता राजन बानिया, भिडियो सामग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रुती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, समाचार संवादता तथा प्रविधिक रामनिवास पटेललाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रमको अवसरमा विज्ञापन दिई सहयोग गरेकोमा विज्ञापनदाता भायनेटका शाखा प्रमुख अब्दुल आजाद कलाम, वल्र्ड लिंक वीरगंजका प्रतिनिधि, होटल समरका संचालक मनोज कुमार, ग्यालेक्सी मोवाईलका सञ्चालक शिपलाल चौरसिया, साँवरिया ग्रुपका सञ्चालक श्याम शर्मा, मोनोलाईटका सञ्चालक निरज गुप्ता, डेसिमल कलेजका प्रतिनिथिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका हवलदार टेकबहादुर, पत्रकार संजिव मिश्रा, प्रणय साह, श्याम कुश्वाहा, नितेश कर्ण, जाकिर हुसैन, कृष्णा यादव, जय यादव, बलिराम यादव, पौडेल प्रेसका सहन पौडेल लगायतको उपस्थिति रहेको थियो । वीरगञ्ज सञ्जालका सञ्चालक कृष्ण श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य तथा सञ्चालन वीरगञ्ज सञ्जालका संयोजक नरेन्द्र कुमारले गरेका थिए ।

प्रतिक्रिया