अन्तिम खेलमा इंग्ल्यान्ड हाबी

bellधर्मशाला(भारत), १५ माघ । लगातार तीन खेलमा पराजय सामना गर्दै शृंखला गुमाएको इंग्ल्यान्डले भारतविरुद्धको पाँचौ तथा अन्तिम एकदिवशीय खेलमा सानदार प्रदर्शन गर्दै सात विकेटले जित हात पारेको छ । यसजितपछि भारतले शृंखला ३–२ ले जित्यो । पहिलो खेलमा विजयी भएको इंग्ल्यान्ड आइतबारको खेलमा विजयी हुनुअघि सबैमा पराजित भएको थियो ।

टस जिती फिल्डिङ गरेको इंग्ल्यान्डले भारतलाई ४९.३ ओभरमा २२६ रनमा सीमित गर्‍यो । भारतको इनिङमा सुरेश रैनाले ८३ रनको योगदान गरेभने रविन्द्र जडेजाले ३९ र भुवनेश्वर कुमारले ३१ रन जोडे । रविचन्द्रन आश्विन १९, महेन्द्र सिंह धोनी १५ र गौतम गम्भीर २४ रनमा सीमित भए । विराट कोहली र युवराज सिंहले खाता खोल्न सकेनन् भने रोहित शर्माले ४ रन जोडे ।
अघिल्ला तीन खेलमा प्राय: कमजोर ब्याटिङ गरेको इंग्ल्यान्डले अन्तिम खेलमा सानदार प्रदर्शन गर्‍यो । इयान बेलले शतकृय इनिङ खेल्दै नटआउट ११३ रन जोडेपछि इंग्ल्यान्डले ४७.२ ओभरमा तीन विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो । त्यस्तै इओइन मोर्गान ४० रनमा नटआउट रहे ।
जोए रुटले ३१ र कप्तान एलेस्टर कुकले २२ रन जोडे । पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको इंग्ल्यान्डले चौथो विकेटका लागि अविजित ८६ रनको साझेदारी गरेको थियो । उसले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्‍यो । १७औँ एकदिवशीय शतक बनाउनेक्रममा ३० वर्षीय प्रारम्भिक ब्याट्सम्यान बेलले खेल सकिनुअघि १४३ बलमा १३ चौका र एक छक्का प्रहार गरेका थिए । बेल प्लेयर अफ दि म्याच भए । शृंखलाभर सानदार प्रदर्शन गरेका रैना प्लेयर अफ दि सिरिज भए । जारी भारत भ्रमणका क्रममा तीन टेस्ट म्याचको शृंखला इंग्ल्यान्डले २–१ ले जितेको थियो । एजेन्सी

प्रतिक्रिया