बझाङ । बझाङको सदरमुकाम चैनपुरको चौगाउँटोलमा गत मंगलबार राति सुतिरहेको अवस्था आमा–छोरालाई छुरा प्रहार गर्ने युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका कैलालीको कैलारी गाउँपालिका– १ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको हो ।
सदरमुकाम चैनपुर बजारमा ज्यालाम–जदुरी गर्दै आएका चौधरीको छुरा प्रहारबाट सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए ।
चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । राति १२ बजेतिरको समयमा लुटपाट गर्ने उद्देश्यले कोठाभित्र छिरेको र चोरी गरिरहेकै अवस्थामा मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनलाई कैलाली उनकै घरबाट पक्राउ गरिएको हो । घटना घटेपछि बझाङ छोडेर गएको गएको र युवकले लुटेर लगेको मोबाइललाई ट्य्राक गर्दा अभियुक्त पक्राउ गर्न सफल भएको बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
बझाङ
प्रतिक्रिया