संघीयतालाई बलियो बनाउनुपर्छ : पद्मा अर्याल

Interview with Minister for Land Management, Cooperatives and Poverty Alleviation, Padma Aryal, at Singha Durbar, on Friday, August 9, 2019. Photo: Skanda Gautam

लुम्बिनी । नेकपा (एमाले) की सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् ।

नेकपा एमाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको भन्दै सचिव अर्यालले संघीयताप्रति एमाले स्पष्ट रहेको बताउनुभयो । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन् ।

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखिन् । ‘सर्वसम्मत भनेको सहमति र समझदारी हो’, उनले भनिन्, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।’

एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरक(फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिए ।

प्रतिक्रिया