पूर्ण र सुदीपलाई किक बक्सिङ स्वर्ण

Kikकाठमाडौं : पूर्ण बूढा र सुदीप डंगोलले प्रथम राष्ट्रिय मार्सल आर्ट महोत्सवको किक बक्सिङतर्फ शनिबार स्वर्ण जितेका छन् । पुरुषको ७० केजीमा पूर्ण तथा ७५ केजीमा सुदीपले स्वर्ण जितेका हुन् । पुरुषको ५० केजीमा प्रकाश विष्ट, ५५ केजीमा नरेन्द्र महर्जन, ६० केजीमा पूर्ण सुनवार तथा ६५ केजीमा देवेश श्रेष्ठ पहिलो भए । महिलाको ५० केजीमा कमला श्रेष्ठ तथा ५५ केजीमा निरु दुवालले पहिलो स्थान पाए ।

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघद्वारा आयोजित महोत्सवको आइटिएफ तेक्वान्दोको पुरुष २०–२५ केजीमा सुनील लामा, २६–३० केजीमा सम्राटदीप राउत, ३१–३५ केजीमा विशाल महर्जन तथा ३६–४० केजीमा अनुज भारती पहिलो भए । महिलाको २०–२५ केजीमा आकृती कुँवर, २६–३० केजीमा मुस्कान राजथला, ३१–३५ केजीमा निश्मा बस्याल तथा ३६–४० केजीमा विनिता तिमल्सिनाले स्वर्ण जिते ।
टंगिलमोडाको पुरुष २५ केजीमा अजय लामा, ३० केजीमा आदर्श लिम्बू, ३५ केजीमा दीपेन्द्र चौधरी, ४० केजीमा रवि राना तथा ४५ केजीमा अनिल खड्का पहिलो भए । महिलाको २५ केजीमा दुर्गा शाही, ३० केजीमा जगा सिंह, ३५ केजीमा विनिता पुलामी तथा ४० केजीमा कमला उखेताले स्वर्ण चुमे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महोत्सवअन्तर्गत प्यान्क्रेसनको पुरुष २५–३० केजीमा आशीष मगर, ३०–३५ केजीमा मनीष कार्की, ३५–४० केजीमा वाङ्छे शेर्पा, ४०–४५ केजीमा सुगम बन्जारा, ४५–५० केजीमा विजय खड्का, ५०–५५ केजीमा प्रवेश कुमाल, ५५–६० केजीमा सुशान्त थापा तथा ६०–६५ केजीमा साजन शाही पहिलो भए । विजेतालाई राखेप सदस्य–सचिव युवराज लामालगायतका महानुभावहरूले पुरस्कार प्रदान गरे । तीनदिने महोत्सवमा ६ सय खेलाडीले ९० स्वर्ण, ९० रजत र १ सय ४० कांस्य गरी जम्मा ३ सय २० पदकका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया