काभ्रे । श्रीमानले आफ्नै श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गरेका छन् ।
आइतबार बिहान २ बजेर ११ मिनेटको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १२ नागबेली स्थितमा सिन्धुपालचोक जिल्ला घर भई हाल पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित देविराज भेटवालको घरमा डेरा गरी बस्ने वर्ष ३६ का हरि माझीले आफ्नै श्रीमती वर्ष २६ की कुमारी माझीलाई टाउकोमा चिटपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी बालुवाको टोली घटनास्थलमा पुगेको थियो । चिटर्पट प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया