हेटौँडा । योगदान राष्ट्रको लागि मकवानपुरको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि मकवानपुरका अध्यक्ष रुपक कालिराजको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रम हो ।
अधिवेशनलाई सम्बोधन गर्दै मिना लामाले योगदानले समाजमा पुर्याएको कार्यको प्रशंसा गर्दै स्थानीय सरकारको भूमिका र जनतासँग सदैव स्थानीय सरकार हातेमालो गरेर अघि बढ्ने बताइन् । उनले सामाजिक सेवा भावले काम गर्ने सामाजिक संस्थाहरूको महत्वपूर्ण योगदान रहेको बताइन् ।
नगरपालिकाले विगतदेखि सहयोग गर्दै आईरहेको भन्दै उनले आगमी दिनमासमेत सहयोग गर्ने उद्घोष गरिन् । कार्यक्रमका विशिष्ट अथिति तथा योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष ओम उप्रेतीले राष्ट्र निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न योगदान राष्ट्रका लागि आवश्यक रहेको उद्घोष गरे ।
अहिले नेपालको प्रायः जिल्लामा योगदान राष्ट्रको लागि संस्था गठन भइसकेको र संस्थाको उदेश्य अनुरुप कार्य गर्दै जान सबैमा आग्रह गर्दै उनले नयाँ निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
संस्थाका अध्यक्ष रुपक कालिराजले दुई वर्षे कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण पेश गर्दै संस्था र यसमा आवद्ध समाज सेवीहरूको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने खालका कार्यक्रमको आयोजना गरेको बताए ।
उनले भने, ‘समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि विभिन्न जनचेतामुलक कार्यक्रमदेखि,सिप विकास तालिम र नेतृत्व विकास तालिम संचालन समेत आयोजना गथियो ।’
संस्थाका सदस्य रिजान सापकोटाको मन्तव्यबाट सरु भएको कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष ओम उप्रेती, केन्द्रीय सदस्य अभिषेक उप्रेती, खेम, योगदान राष्ट्रको लागि चितवानका अध्यक्ष एकराज बुर्लाकोटी, वामनेष्ट फाउडेशनका डाईरेक्टर बलराम बिक (शैलेश), सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष राम विष्ट, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, शान्तिनगर टोल विकासका अध्यक्ष देविबहादुर बुडाथोकी (आजिवन सदस्य), आर्शिवाद होटेलका सञ्चालक तथा मकवानपुरका सल्लाहकार दिपक शिवाकोटी, सोलिड्यारिटी इन्टरनेष्नल एकेडेमीका डाईरेक्टर निमटोल्मा आचार्या लगायतको आथित्यता रहेको थियो । योगदान राष्ट्रको लागि देशको सबै जिल्लामा शाखा विस्तारको कार्य भैरेहेको छ ।
योगदान राष्ट्रको लागि मकवानपुरको अध्यक्षमा मिलन सेडाई चयन
योगदान राष्ट्रको लागि मकवानपुरको अध्यक्षमा मिलन सेडाई चयन भएका छन् । चौथो वार्षिक साधारणसभा तथा अधिवेशनले मिलन सेडाईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्ष रिजन सापकोटा, सचिव विजय बजागाई, सहसचिव मनिश अधिकारी, कोषाध्यक्ष ओम कुमार बोहरा (साहरा) चयन भएका छन् ।
समितिको सदस्यहरु हिराकाजी श्रेष्ठ, शुभरन्त थोकर, अर्पण भोलन, बिनिता नेपाली, इमान सिं घलान, वियोग मोक्तान, तिलक ब. मोक्तान, राम सिंह प्रजा, रुबेन सदाशंकर, रेनुका फुँयाल, मनोज बजगाई, जीवन बल, नामकर लामा, सचेन्द्र कुमार मण्डल, पन्च ब. वाईवा, आन्नद राई, योहन्ना राई, कविराज घिमिरे, गोपिनी माया विश्वकर्मा, नारायणी पाण्डे, रोशन प्रजा, राजन बर्तौला, अजयकुमार सिन्तान र सुरेश पुरीलगायत चयन भएका छन् ।
समितिको सल्लाहकारहरु मिना लामा, पुरुषोत्तम प्रसाद उप्रेती ,डा. बलराम भट्ट, रुपक कालिराज, देविबहादुर बुढाथोकी, निलडोल्मा आचार्य, चेत बहादुर थोकर, बलराम विक (शैलेस), दिपक सिवाकोटी, चित्रबहादुर कार्कीलाई चयन गरेको छ ।
प्रतिक्रिया