१४ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

काभ्रे । जिल्लाको पनौती नगरपालिका–४ टौखालका एक बालक घरमै झुण्डिरहेको अवस्थामा मृत फेला परेका छन् । बिहीबार दिउँसो करीब २ बजेर ३० मिनेटको समयमा उनी आफ्नै घरको झ्यालमा भुडिएको अवस्था फेला परेका ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी रेशम बोहोराले जानकारी दिए ।

आज दिउँसो २ बजेर ३० मिनेटमा सो घटनाको बारेमा थाहा भएलगतै पनौती चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए ।

मृत्यु हुनेमा पनौती नगरपालिका– ४ टौखाल बस्ने घनश्याम सापकोटाका छोरा १४ वर्षीय निरज सापकोटा रहेको डीएसपी बोहराले बताए । सापकोटा आफ्नै घरको कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डिइरहेको अवस्थामा फेला पारेको उनले जानकारी दिए ।

खबर प्राप्त हुनसाथ प्रहरी चौकी पनौतीबाट प्र. ना. नि. रामहरि रिजालको कमाण्डमा टोली खटीएरई घटनास्थल पुगी मुचुल्का उठाई पोष्टमार्टमका लागि धुलिखेल अस्तपाल पठाइएको उनले जानकारी दिए । मृतक सामुदायिक बोडिङ स्कुल पनौतीको कक्षा सातमा पढ्ने गरेको र घटनाका बारेमा थप अनुशन्धान सुरु भइरहेको डीएसपी बोहोराले बताए ।

प्रतिक्रिया