काभ्रे । धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका– ७ बस्ने २७ वर्षीय सुरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक गिरिको शव धुलिखेल अस्पताल लगिएको छ भने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया