कुवेतमा बन्धक बनाइएकी निर्मला मगरको परिवारसँग मिलन

दाङ । वैदेशिक रोजगारीको क्रममा कुवेतमा बन्धक बनाइएकी निर्मला पुन मगरलाई परिवारसँग मिलन गराइएको छ ।

उनलाई दाङको घोराहीमा आइतबार आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी तथा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजकाका अध्यक्ष लगायतले परिवारसँग मिलन गराइएको बताइएकाे छ ।

मगरलाई रोल्पाली सेवा समाजको पहल तथा रोल्पा नगरपालिका लिवाङकी समाजसेवी पुष्पा श्रेष्ठको आर्थिक सहयोगमा पाँचदिन पहिले कुवेतबाट उद्दार गरेर नेपाल ल्याइएको थियो ।– तस्विर रासस

प्रतिक्रिया