काभ्रेको मण्डनदेउपुरमा एकजना मृत फेला

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर ९ मा एक व्यक्ति मृत भेटिएका छन् । शनिबार साँझ ६ बजे काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ जितौरी पोखरीमा अन्दाजी वर्ष ५० को बेलबहादुर भन्ने साना कान्छा सार्की नालीमा लडेको आवस्थामा मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्यूको कारण नखुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव फेला पारेको सूचना पाए लगत्तै प्रहरी चौकी हिंगुवापाटी बाट प्रहरी खटि घटनास्थल तपुगेको थियो । घटना बारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाट पनि थप प्रहरी अनुसन्धानमा खटिएको बुझिएको छ । शवलाई साढे ८ बजे पोष्टमार्टमको लागि धलिखेल हस्पिटल ल्याइएको बताइएको छ ।

प्रतिक्रिया