गहना लुटपाट र हत्याकाे अभियाेगमा दुई युवती पक्राउ

गरगहना र पैसा लुट्न कै लागि ढुंगाले कन्चटमा हानेर हत्या गरियाे

रुकुमपश्चिम । रुकुम पश्चिममा महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका दुई महिलालाई सोमबार सार्वजनिक गरेको छ । प्रहरीले हस्तकली बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट ५ टटेलाकी ३० वर्षिया शोभाकुमारी सुनारलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । जिल्लाको मुसिकोट नगरपालिका १ सल्लेमा ५२ वर्षकी हस्तकली बुढाथोकीको हत्या आरोपमा दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । शुक्रवार हस्तकली बुढाथोकी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार बुढाथोकीको हत्या गर्ने एक महिला रहत्यामा संलग्न रहेकाले दुई जनालाई पक्राउ गरिएको हो । शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको र सिर्जना बोहोरा हत्यामा प्रत्यक्ष संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाईएको छ । घरमा एक्लै बस्दै आएकी बुढाथोकीसँग आरोपित बोहोराले हिमचिम बढाएर गरगहना र पैसा लुट्न कै लागि ढुंगाले कन्चटमा हानेर हत्या गरि ढोका थुनेको प्रहरी प्रमुख भट्टराईले बताए । बुढाथोकीको हत्यापछी बोहराले एक थान मोबाईल, पोते, सुनको एकथान सिक्रि, सुनको एक थान तिलहरी, सुनको चन्द्रमा, सुनका कानकाे बाली एकजोडी लुटेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ढुंगा, लौरो समेत बरामद गरिएको छ ।

बोहोराले लुटेका गरगहना मुसिकोटको खलंङगास्थित सुनचाँदी पसल सञ्चालन गर्दै आएकी सुनाले सुनको मुल्य भन्दा पचास हजारकम मुल्यमा बिना बिल एक लाख ८४ हजारमा बोहोराबाट सुन खरिद गरिएको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपमा पक्राउपरेकि दुबै जनालाई कर्तब्यज्यान तथा डाँका अपराधिक मुद्धा चलाएर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । आफ्नै घरमा मृत भेटिएकी बुढाथोकीको हत्या भएको आशंकापछी प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालय र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु गरेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया