रोल्पाकाे रिची गाउँमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडाैं । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् । मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ । उत्तरी रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराबाट बिहान दाङ तर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचीमा दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया