काभ्रे । अविरल परेको वर्षाको कारण आशापुरी खोला बनेपा र पनौती नगरपालिकामा पर्ने घ्याल्कु खोलामा आएको बाढीले बगाएको आवस्थामा एकजनाको शव भेटिएको छ । सिन्धुपाल्चोक स्थायी घर भई पनौती नगरपालिका वडा नम्बर ३ बस्ने बनेपा १४ आशापुरी काभ्रेपलाञ्चोकमा फुटपाथमा पसल गर्दै आएका कमल नाम गरेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव शिर मेमोरियल अस्पताल बनेपा लागिएको छ ।
प्रतिक्रिया