पर्सा । सशस्त्र प्रहरीले पर्साको पकहामैनपुर गाउँपालिका– ५ सबैठवाबाट लागू औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका– १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।
प्रहरीले उनको साथबाट ५ किलो ७ सय ग्राम चरेस बरामद भएको जनाएको छ । पासवानले ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपी सबैठवाका डिएसपी केसवराज ओलीको कमान्डमा रहेको टोलीले मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणमा चरेस भेटिएको हो ।
पासवानले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको सशस्त्र प्रहरी बल नेपालका उपरिक्षक (एसपी) सुमन थपलियाले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया