रसुवाको कालिका गाउँपालिकामा करार कर्मचारी आन्दोलनमा

रसुवा । कालिका गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुले मयाद थप गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । कालिका गाउँपालिकामा ६ वर्षदेखि कार्यरत बिभिन्न तहका ६५ जना करार सेवाका कर्मचारीलाइ विना जानकारी ०८० साउन ४ गतेको कार्यपालिकाको बैठकको निर्णयबाट सेवाबाट हटाइएको प्रति त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

६५ जना करारका कर्मचारी हटाएर ३७ जना कर्मचारी करार सेवामा लिनका लागि पुन पदपुर्तिका लागि सूचना प्रकाशन गरिएको प्रति कर्मचारीहरुले आफुहरुको रोजीरोटी गुमेकोले बिहान बेलुका छाकटार्न धौ पर्ने भएकोले मानवअधिकार तथा अन्तर्राष्ट्रिय श्रम ऐन बिपरित कार्य भएकोले करार सेवा निरन्तरता दिन कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँवरसमक्ष ज्ञापनपत्र पेस गरेको पीडित कर्मचारी नबराज पौडेलले बताए ।

कर्मचारीहरुले आफ्नो माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । १३ जनाले अनुरोध गरी गाउँपालिकामा ज्ञापन पत्र पेस गरेका छौं माग पुरा नभए चरणबद्ध आन्दोलन हुन्छ पौडेलले बताए ।

प्रतिक्रिया