परीक्षामा कारबाहीमा परेपछि प्राध्यापकलाई धम्की

काभ्रे । काठमाडाैं विश्वविद्यालयका प्राध्यापकलाई विद्यार्थी समूहले धम्की दिएको छ । विश्वविद्यालयको प्राध्यापक संघले परीक्षामा कारबाही परेपछि विद्यार्थी समूहले धम्की दिएकाे जनाएकाे हाे । प्राध्यापक संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई अन्तिम सेमेस्टर परिक्षा हुँदै गरेको र २०८० साल असार ३१ गतेको दिन आफ्नो कर्तब्य पालन गर्ने क्रममा परीक्षाको आचार संहिता बिपरित कार्य गर्दै गरेको पाएपछी सो विद्यार्थीलाई परिक्षा संचालन समितिले नियमानुसार सामान्य कारवाही गरेपछी केहि संगठित समुहले निरीक्षकलाई धम्की, त्रास, लगयात यातना दिइरहेको जनाएको छ ।

संघले सो घटना प्रति गम्भीर भएको समेत जनाएको छ । विज्ञप्तिमा भनिएकाे छ, ‘परीक्षालाई मर्यादित बनाउन र यस्ता अप्राज्ञिक र गुण्डा गर्दी शैलीलाई हामी विरोध गर्छौं ।’

विज्ञप्ति

प्रतिक्रिया