पर्सा । भन्सार मेनगेट ईलाकाबाट १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । असार २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई असार २७ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे ।
सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ ।
प्रतिक्रिया