किर्ते कागजातबाट नागरिकता लिएको आरोपमा डाकनेश्वरीकी उपमेयर पक्राउ

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव किर्ते कागजातबाट नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छन् ।

उनी भारतीय नागरिक रहेको र किर्ते कागज बनाएर नेपाली नागरिकता लिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यादवलाई सप्तरी प्रहरीको हिरासतमा राखिएको छ । उच्च अदालत जनकपुर राजविराज इजालसले यादवलाई पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव पनि भारतीय नागरिक रहेको बताइएको छ । उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यको सुपौल जिल्लामा घर रहेको भन्दै उजुरी परेको छ ।

प्रतिक्रिया