अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ ।
पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीन जनाको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।
पाणिनी–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षीया अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए ।
साथै, सकुशल उद्धार गरिएका १४ वर्षीय सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नम्बर १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए । घरमा ६ जना बस्दै आएकोमा दुई जना गोठको काम गरिरहेको अवस्थामा पहिरो खसेको थियो ।
प्रतिक्रिया