सशस्त्र प्रहरीले समात्याे चोरीपैठारीको मोटरपार्ट्स र मदिरासहित बोलेरो गाडी

ईलाम । ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।

सो गाडीभित्र डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो । बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारवाहीको लागि पशुपतिनगर
भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

प्रतिक्रिया