सकियो फिदिम नगरपालिकाको मेलमिलाप आधारभूत तालिम

पाँचथर । फिदिम नगरपालिका, न्यायिक समितिको आयोजना, नेपाल बार एसोसिएशन जिल्ला इकाई पाँचथरको प्राविधिक सहयोगमा फिदिममा नयाँ मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम शनिबार सम्पन्न भएको छ ।

उक्त तालिम फिदिम नगरपालिका न्यायिक समितिले असार ११ देखि १६ गतेसम्म आवासीय रुपमा (४८ घण्टा) सञ्चालन गरेको थियो । तालिममा फिदिम नगरपालिकाको ६ वटा वडाको १८ जना सहभागी रहेका थिए ।

तालिममा मेलमिलापकर्ताको भूमिका जिम्मेवारी, मेलमिलाप गर्दाको प्रक्रिया, न्यायिक समितिबाट निरुपण हुने विवाद र मेलमिलापबाट समाधान मात्र गर्न पाइने विवादहरुलगायतको ३२ सेशनमा विषयहरुमाथि छलफल भएको थियो ।

सो तालिममा जिल्ला सरकारी वकिल कार्यालयको जिल्ला न्याधिवक्ता रिद्धिनाथ निरौला, पाँचथर जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद खतिवडा, शाखा अधिकृत राजन सुवेदी, प्रमुख प्रशिक्षक अधिवक्ता टिका तिम्सिना, हुकोडेक नेपालका प्रशिक्षक युधिष्ठिर राज आमगाईले सहजिकरण गरेका थिए ।

तालिम समापनको मन्तव्यमा न्यायिक समिति संविधान प्रदत्त व्वस्था अनुरुप भएको हो । न्यायिक समितिको अनुगमन जिल्ला अदालतले गर्ने प्रावधान रहेको प्रमुख अतिथि जिल्ला न्यायाधीश टिकेन्द्र दाहालले जानकारी गराएका थिए ।

न्यायाधीश दाहालबाट तालिम अवधिमा सहभागीहरुसँग केही समय खुल्ला सेसनसमेत सञ्चालन गरेका थिए । सहभागीहरुबाट आएका समस्या र जिज्ञासाहरुको जवाफ न्यायधिश दाहालले दिएका थिए ।

फिदिम नगरपालिका उपप्रमुख तथा न्यायिक समितिको संयोजक राधाकृष्ण न्यौपानेले न्यायिक समितिको विवाद निरुपण र मेलमिलाप प्रकियामा सहजीकरण गरी मेलमिलाप गराउनको लागि मेलमिलापकर्ता तयार गरेको बताए । जनप्रतिनिधिहरुले नीति निर्माण र विकासको काममा लाग्नुपर्ने भएको कारण त्यसको लागि विवादहरुमा मेलमिलापकर्तालाई परिचालन गरी अन्य कामको लागि फुर्सद बनाउन सकिने उनको भनाइ थियो ।

वडाको विवादलाई वडामौ विशेष जानकारी हुने भएको कारण मेलमिलापकर्ताको भूमिका अहम हुने कुरा न्यायिक समितिका संयोजक तथा समापन समारोहको अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा अतिथिहरुलाई स्वागत न्यायिक समितिको सदस्य शारदा पोख्रेलले गरेकी थिइन् ।

अतिथि नेपाल बार एसोसिएशन जिल्ला बार इकाईको अध्यक्ष सन्तकुमार राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन न्यायिक समितिकी उजुरी प्रशासक सरस्वती सिवाकोटीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया