पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पाँचथर क्षेत्रका बाढी–पहिरो स्थलगत अनुगमन गर्न आइपुगेका छन् । मन्त्री ज्वाला शनिबार स्थलमार्ग हुँदै इलामबाट पाँचथर सदरमुकाम फिदिममा आइपुगेका हुन् ।
साथमा पाँचथरका संघीय संसद तथा पूर्वभौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङलगायतको टोली आइपुगेको हो । मन्त्री ज्वाला निरिक्षण गर्न प्राविधिकहरूको टोलीसहित आएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । मन्त्री ज्वालाले पाँचथरसहित बाढीबाट ग्रस्त स्थानहरूको निरिक्षणमा निस्किएको बताए ।
मन्त्री ज्वालाले सिडिओ कार्यालयमा जनप्रतिनिधिहरु र जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेका छन् । मन्त्री ज्वाला पाँचथरको तमोर करिडोरको, हेवाखोला हुँदै च्याङथापुसम्म अनुगमनमा जाने बताइएको छ ।
मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली रहेका छन । अन्तरक्रियामा बोल्दै मन्त्री ज्वालाले जतिसक्दो छिटो क्षति भएका पुल तथा हाइड्रोपावर निर्माण र राहात वितरण गर्न सरकार पछि नपर्ने बताए ।
उनले बेपत्ता भएकाको पहिचानलाई सुरक्षा निकाय लागि हेको र खोजी कार्य जारी राख्न निर्देशन दिएका छन् । अन्तरक्रियामा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले हेवाखोलाको पुल बनाउन प्राथमिकता दिन सुझाव दिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जबेगु, प्रदेश समानुपातिक सांसद मैया लावती, संघीय सांसद वसन्तकुमार नेम्वाङलगायतले काम र कर्तव्य पूरा गर्न सुझावसहित काम गर्न लागिएको जनाउँदै आफ्ना भनाई राखेका थिए। सांसद नेम्वाङले बाढी–पहिरोका घटना हुनासाथ सरकारको ध्यानाकर्षण गराई उद्धार र राहतको लागि समक्ष पहल गरेको बताए ।
बाढी–पहिरोबाट हालसम्मको गतिविधि रिर्पोट मन्त्रीस्तरीय टोली सग अन्तरक्रियामा सिडिओ मेखबहादुर मगरातीले विवरण प्रस्तुत गरेका थिए । अन्तरक्रियामा जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरुको सहभागिता थियो।
प्रतिक्रिया