हेवाखोलामा डाइभर्सन निर्माणपछि यातायात खुल्यो

पाँचथर । जिल्लाको हेवाखोलामा डाइभर्सन निर्माण भएपछि यातायात खुलेको छ । उक्त हेवाखोलाको बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ राखिएपछि यातायात खुलेको हो ।

सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सूचारु गराएको छ ।

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङ्वरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको थियो ।

सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका थिए । खाद्य सामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ ।

डाइभर्सन सञ्चालनका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, हेवाखोला क्षेत्रका स्थानीयवासी, सुरक्षाकर्मीलगायतको सक्रियतामा मंगलबार यातायात खुलेको जनाएको छ ।

प्रतिक्रिया