काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको १३ औं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
आन्तरिक आयबाट एक अर्ब ७५ करोड, माथिल्ला सरकारहरूबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागिताबाट ५० करोड बजेट विनियोजन भएको छ ।
महानगरले सार्वजनिक गरेको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता क्षेत्रमा बजेट विनियोजन भएको छ ।
त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुननिर्माणका लागिसंघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिने बताइएको छ । जसका लागि ३ करोड विनियोजन गरिएको बताइएको छ ।
पूर्णपाठः
प्रतिक्रिया