गौर । नेपाल पत्रकार महासंघ राैतहट शाखामा अनिश्चितकालका लागी तालाबन्दी भएको छ । नयाँ सदस्यताका लागि आह्वान भएपछी सदस्यताकालागि महासंघले माँग गरेकाे आवश्यक सम्पूर्ण कागजपत्र र प्रक्रिया पुर्याउदा समेत सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशिल पत्रकारहरुले तालाबन्दी गरिदिएका हुन् । महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दापनि नाताबाद अनुसार नयाँ सदस्यता थपेको आरोप पत्रकार प्रबिण टिबडेवालको छ ।
बर्षौदेखी निरन्तर समाचार लेखनमा सकृय रहेकाला पाखा लगाउदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासङ रौतहट शाखाका पुर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ । अध्यक्षमा निर्वाचित ब्यक्तीले पत्रकारको हकहितका बारेमा काम गर्दै जानुपर्ने भएपनी परिवारबाद र राजनीतिक खेलमा परेर अरुको अधिकार खोस्न नमिल्ने भन्दै साहले पत्रकार महासंघ केन्द्रीय समितीले यो तालाबन्दी र आन्दोलन वास्तविक पत्रकारहरुको हक र अधिकारको लडाई भएको बुझ्नुपर्ने उनको तर्क छ ।
प्रतिक्रिया