मुगु । हिमाली जिल्ला मुगुकाे एक मात्र छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि यहाँका नागिरक सँग सुझाव संकलन गरेकाे छ । शुक्रबार एक कार्यक्रममा बीच नगरपालिकालाई विकास निर्माण र कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिका १३औं नगरसभाकाे पूर्वसन्ध्यामा सम्वृद्व र सुखी नगरपालिका निर्माण गर्न यहाँका नागिरकले नगरपालिकालाई सुझाव दिएका हुन् ।
नगरपालिकाले सराेकारवालाबाट सुझाव सङ्कलन गरेकाे छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए । उनका अनुसार जिल्लामै पहिलाे पटक नागिरक सँग सुझाव माग्ने भनेकै छायानाथ रारा नगरपालिका हाे । यसले गर्दा बिकास निर्माणमा नागिरक सँग फलदायी देखिने हुँदा याे कार्यक्रमकाे थालनी गरिएको नगर प्रमुख भामकाे भनाई छ ।
आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि बिहिवार पत्रकार सम्मेलन गर्दै पत्रकारहरु सँग पनि सुझाव मागेका थिए । आगामी असार १० गते १३ औ नगरसभा नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छायानाथ रारा नगरपालिकाले जनाएकाे छ ।
नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले ल्याउँदा यहाँका स्थानीयको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्नेमा यहाँका सरोकारवालाहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया