भकारी परियोजनाले दिएको सफलता

कालिकोट । कृषक जयप्रसाद पाण्डेले आधुनिक प्रविधिको कृषि खेती गरिहेका छन् । उनले भकारी परियोजनाको सहयोगमा विभिन्न किसिमका तरकारी तथा फलफूल खेती गर्दै आफ्नो जिविकोपार्जन गरेका छन् ।

उनले भकारी परियोजनाले गरेको सहयोगले घरमा रहेको भकारी भरिएजस्तै भएको खानाको जोहो गर्न कठिनाई नभएको बताए । जयप्रसाद मात्र हैनन् खाँडाचक्र नगरपालिका– ११ का भरतराज भारती पनि अगुवा कृषक हुन् । उनको खेतबारीमा विभिन्न किसिमका तरकारी तथा फलफूलका बिरुवाहरु छन् ।

उनले उत्पादन गरेका विभिन्न फलफूल र तरकारीहरु सदमुकाममा गएर बिक्री गर्छन । उनको खेतमा फलफूल तथा तरकारीका बिरुवा फलेका छन् त कोही फुल्ने तयारीमा छन् । भारतीले फलफूल तथा तरकारी खेतीबाटै आर्थिक जोहो गरिरहेका छन् ।

भकारी परियोजनाले गरेको सहयोगले उनले अहिले पनि ठूलो खेतिको व्यवस्थापन गरेका छन् । पहिले आर्थिक संकट टार्न उनी भारत जान्थे । जब भकारी परियोजनाले विभिन्न किसिमका तालिम दियो, आधुनिक प्रविधिको खेति प्रविधि सिकायो तव कृषि पेशामा चासो बढेको भारतीले बताए ।

खाँडाचक्र नगरपालिकाका ६४६ घरधुरीका परिवारहरु कृषि खेती तथा अन्य व्यवसायमा लागेका छन् । भकारी परियोजनाले गरेको ठूलो सहयोगप्रति आभारी रहेको खाँडाचक्र– ५ का कृषक कमलबहादुर शाहीले बताए । कृषकको हितका क्षेत्रमा काम गर्दै आएको भकारी परियोजना खाँडाचक्र नगरपालिकामा समापन भएको छ ।

विगत तीन वर्ष यता खाँडाचक्र नगरपालिकाका ६४६ घरधुरीमा विभिन्न क्षेत्रमा काम गर्दै आएको भकारी परियोजनाका कार्यक्रमहरु सम्पन्न भएका छन् । ६४६ घरधुरीमा पानी, विपद् जोखि न्यूनिकरण, प्राकृतिक श्रोत व्यवस्थापन, कृषि, खाद्य सुरक्षा, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भकारी परियोजनाले काम गर्दै आएको थियो ।

आपतकालिन सहयोगका क्षेत्रमा तथा भौतिक संरचना निर्माण, समुदायको क्षमता विकासलगायतका क्षेत्रमा भकारी परियोजनाले काम गर्दै आएको मर्सिकोर नेपालका जिल्ला संयोजक शुक्रराज पौडेलले बताए ।
भकारी परियोजनाले पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षमा नागरिकहरुको मागअनुसार विभिन्न क्षेत्रमा काम गर्दै आएको भकारी परियोजना संयोजक ध्रुव सुनारले बताए ।

खाँडाचक्र नगरपालिकामा ३ वर्षसम्म योजनाहरु सूचारु हुँदै गर्दा भौगोलिक कठिनाईका बावजुत पनि नागरिकहरुले संस्थाको सहयोगको कदर गर्दै दिगो टिकाउको काम गरेको प्रशासन तथा लेखा अधिकृत दिपेन्द्र बडुवालले बताए । बडुवालले कुनै पनि योजनामा अनियमितता नगरेको बताउँदै काममा सहजता गरेकोमा खाँडाचक्र नगरवासीहरुलाई धन्यवाद दिए ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले भकारी परियोजनाले लगाएको यो गुन कहिल्यै नबिर्सने भन्दै सकिन्छ भने पुनः कार्यक्रम थपको अपेक्षा रोखेको बताए । नगरप्रमुख शाहीले हुरेन्डेक नेपालअन्तर्गत भकारी परियोजनाले गरेका क्रियाकलापबाट कृषकहरुको क्षमता विकास भएको, जोखिममा परेका नागरिकहरुको उद्धार भएको, नागरिकहरुले सिपमुलक तालिम सिकेर जिविकोपार्जन गर्न सक्ने बनाएको तथा भौगोलिक कठिनाइका बावजुत पनि दुर्गम क्षेत्रमा खानेपानीको व्यवस्था परियोजनाले गरेकाले सहयोगी संस्थालाई धन्यवाद दिएका ।

नगरप्रमुख शाहीले नगरपालिकामा भकारी परियोजना सञ्चालन हुँदा नगरपालिकालाई सहजता भएको बताए । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले हुरेन्डेक नेपाल कालिकोटले विक्रम संवत २०५३ सालदेखि कालिकोटमा काम गर्दै आएको भन्दै हालसम्म विभिन्न संस्थाहरुको सहयोगमा विकास निर्माणका कामदेखि कृषि, विपद् जोखिम न्यूनिकरण तथा समाजमा रहेका विभिन्न हानिकारक अभ्यास न्यूनिकरकणका क्षेत्रमा पनि काम गर्दै आएको बताए ।

शाहीले भकारी परियोजनाले कालिकोट जिल्लाका पाँच स्थानीय तहमा विगत तीन वर्षयता नागरिकको हितका लागि काम गर्दै आएको बताए । खाँडाचक्र नगरपालिकामा भकारी परियोजनाले गरेको काम महत्वपूर्ण र कृषकको हितका लागि रहेको शाहीको भनाई छ ।

USAID अमेरीकी जनताको सहयोग र मर्सिकोर नेपालको नेतृत्व एवं मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा सञ्चालित भकारी परियोजनाले अति महत्वपूर्ण काम गरेको खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधीहरुले बताएका छन् । वडाध्यक्षदेखि कार्यपालिका सदस्यहरुले कार्यक्रम पुनः थप गर्न पहल गर्नुमा जोड दिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया