पाँचथरको फेदीगाउँ पहिरोमा फसेका १२ जनालाई सेनाको हेलिकोप्टरबाट उद्धार

तस्विर : जिल्ला प्रहरी कार्यालय पाँचथर

पाँचथर । पाँचथर याङवरक गाउँपालिका १ फेदीगाउँमा पहिरोमा फसेका ३ घरका १२ जनालाई सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

उद्धार गरिएका पीडितलाई बिष्णु मावि च्याङथापुमा राखिएको जनाइएको छ । शनिबार परेको अविरल वर्षाका कारण पहिरो बग्न थाले पछि जोखिम बढेको थियो ।

प्रतिक्रिया