ताप्लेजुङमा पहिरोमा परि एकै घरका तीनसहित ४ जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा-६ मेहेलेमा पहिरोमा परि एकै घरका ३ जना सहित ४ जना बेपत्ता भएका छन् । घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाती प्रज्वाल बुढाथोकी बेपत्ता भएको स्थानीयले जानकारी दिए ।

सोही पहिरोमा परि हर्कबहादुर तामाङको छोरा गणेश तामाङ पनि हराइरहेका छन् । उता, जिल्लाको दोश्रो ठूलो बजार दोभानमा ५ घर जोखिममा रहेको स्थानीय जयप्रसद भङराईले बताए । मैवाखोलामा आएको भीषण बाढीले बजार जोखिममा रहेको भट्टराईले बताए । जिल्लाका ९ स्थानीय तह मध्ये धरै गाउँपालिकाको केन्द्रमा जाने सडक क्षेती भएको छ ।

प्रतिक्रिया