प्रहरीद्वारा पाँचथरको फिदिमबाट अवैध काठ बरामद

पाँचथर । जिल्लाको फिदिम नगरपालिका– १ टुवा फाल्लोट सडक खण्डबाट प्रहरीले अवैध सखुवाको चिरानी काठ बरामद गरेको छ ।

उक्त काठ मे १ च ५१८५ नम्बरको पिकअपमा लुकाएर ल्याउँदै गरेको ५९ थान सखुवा काठ पाँचथर प्रहरीले बरामद गरेको हो । गाडी चालक प्रहरीको सुइको पाएपछि गाडी छाडेर फरार छन् ।

गाडी र काठ कस्को भन्नेबारे थाहा हुन नसकेको र छानबिन गरी मुद्दा चलाउन जिल्ला वन डिभिज कार्यालयमा पठाइएको प्रहरीका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।

प्रतिक्रिया