अत्यधिक गर्मी बढेसँगै धनगढीका विद्यालय चार दिन बन्द हुने

धनगढी । अत्यधिक गर्मी बढेसँगै धनगढीका विद्यालय ४ दिन बन्द गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबारबाट उपमहानगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने भएको हो ।

उपमहानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्ने सम्भावना रहेकोले सो को प्रभावबाट बचाउन वर्षे वा हिउँदे विदाबाट मिलान हुने गरी ४ दिन यस उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्न हुन अनुरोध छ ।’

साथै सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकज्यूहरुलाई गर्मी एवं ‘लुु बाट बच्नका लागि सावधानीका उपायहरु अवलम्बन गर्न हुन समेत अनुरोध छ’ जारी सूचनामा उल्लेख छ । केही दिन यता बढेको गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया