पाँचथर । फिदिममा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा रक्तदानसहित अन्तरक्रिया गरिएको छ । समता नेपाल संस्थाको आयोजनामा अन्तरक्रिया गरिएको हो । सो अवसरमा ७ जनाले रगत दान गरे ।
जिल्ला प्रहरी कार्यालय अगाडिबाट र्यालीले बजार परिक्रमा गरेको थियो । अन्तरक्रिया कार्यक्रममा समता नेपालका अध्यक्ष सहमान विश्वकर्माले जानकारी पत्र प्रस्तुत गरे ।
अन्तरक्रिया फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सिडिओ मेखबहादुर मगराती, न्याधिबक्ता रिद्धि निरौला, डिएसपी हरि खतिवडाले आफ्नो विचारसहित शुभकामना व्यक्त गरे।
दिवस जिल्ला प्रहरी कार्यालय, सिलाई बुनाई तथा तयारी पोशाक व्यवसायी संघ, ईन्सेकसहित सयुक्त रुपमा मनाएको समता नेपालका अध्यक्ष सहमान विश्वकर्माले जानकारी दिए । कार्यक्रमको सहजीकरण खगेन्द्र धमलाले गरेका थिए । माओवादी केन्द्र पाँचथर संयोजक विसाल रसाइलीले पनि मन्तव्य राखेका थिए ।
प्रतिक्रिया