मुगुको समता स्कुुलमा अध्ययनत विद्यार्थीको बिचल्ली

मुुगु । हिमाली जिल्ला मुुगुुमा रहेको समता स्कुुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । मुुगुु जिल्लामा ०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुुल बन्द भएपछि विद्यार्थी यति बेला बिचल्लीमा परेका हुन् । मदनबहादुर हरिबहादुर फाउन्डेसनद्वारा सञ्चालित ०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउन्डर उत्तम सञ्ज्याल र सुुदर्शन पौडेलले मुुगुुमा विद्यालय स्थापना गराएको भए पनि समता स्कुुल पाँच वर्ष नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समता स्कुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।

मुुगुुमा रहेको विद्यालय स्थापना गर्ने संस्थापकको लापरबाहीले विद्यालय बन्द गर्ने कि सञ्चालन गर्ने किचलोका कारण समता स्कुुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थी बिचल्लीमा परेका छन् । विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षा सम्मको अनुुमति दिइएको भए पनि विद्यालयले मनोमानी रूपमा ५ कक्षासम्म सञ्चालन गरेको पाइएको छ ।

संस्थापक पक्षले विद्यालय सञ्चालन मनोमानीरूपमा गरेको र पाँच वर्ष नहँुुदै सञ्चालनको समस्या देखाउँदै हात झिक्न थालेपछि गरिब, दलितका विद्यार्थी पुुनः पढ्न पाउने कि नपाउने भन्नेमा चिन्ताको पिरलोमा परेका छन् । अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाण प्रत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन । विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइयस) ंअध्यावधिक विद्यालयले गराएको छैन । कसरी हामी विद्यार्थी अन्य विद्यालयमा अध्ययन गर्ने अन्योलमा परेका विद्यार्थीहरू बताउँछन् ।

शैक्षिक सत्र सुुरु भएको महिना दिन भएको भए पनि समता स्कुुलमा अध्ययनरत विद्यार्थीले पढ्न पाएका छैनन । अर्को विद्यालयमा अध्ययन गर्नका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्ने र आइइएमआइयस अध्यावधिक हुुनुुपर्ने भएको भए पनि विद्यालयले मनोमानी विद्यालय सञ्चालन गरेकाले स्थानीय तहमा त्यो अध्यावधिक गराएको छैन ।

समता स्कुुलमा अध्ययनरत विद्याथीहरूको आइइएमआइयस अध्यावधिक नहँुदा अन्य विद्यालयमा भर्ना हुुन पनि समस्या भएको समता स्कुुलका सहायक प्रधानध्यापक समुुन्द्रकुमार मल्लले बताए । उनका अनुुसार छायाँनाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुुमति दिइएको भए पनि कक्षा ४ सम्म अनैतिक कक्षा सञ्चालन गर्नु राम्रो पक्ष नभएको बताए ।

विद्यालय अनैतिक रूपमा सञ्चालनमा छ भन्ने आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै विद्यालय अनैतिकरूपमा सञ्चालन भएको थाहा पाएको बताए । स्थानीयतहको अनुुमति नलिई मनोमानी रूपमा विद्यालय सञ्चालन गरिनु दुुःखद् भएको बताउँदै मल्लले समता स्कुुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थीको भविष्यमाथि संस्थापन पक्षले खेलवाड गरेको बताए ।

सय रुपैयाँमा पढ्न पाउने लोेभमा भर्ना भएका गरिब, दलितका विद्यार्थी पछिल्लो केही वर्षदेखि पाँच सय महिनाको शुुल्क तिर्ने गरेका भए पनि पढ्न पाएका छैनन । त्यति मात्र होइन समता स्कुुलमा अध्यपन गराउँदै आएका पाँच जना शिक्षकले पनि करिब नौ महिनादेखि तलब पाएका छैनन् । विद्यालय प्रशासन र संस्थापकको झुटो आश्वासनले पटकपटक भ्रममा परी अध्यापन गराउँदै आएका पाँच जना शिक्षकहरूले नौ महिनादेखि आफूहरूले तलब नपाएको गुुनासो गरेका छन् ।

यस विषयमा बुुझ्न समता स्कुुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुुदर्शन पौडेलको मोबाइल नम्बरमा फोन सम्र्पक गरेर फोन उठे पनि पत्रकारको परिचय दिँदै गर्दा त्यसपछि फोन तुुरुन्तै काटेर व्यस्तमा राखेपछि कुुराकानी अगाडि बढ्न सकेन । समता स्कुुल देशभरी ८१ वटा शाखा रहेका बुुभिएको छ । विद्यार्थीको नामा लुट्न कसैलाई छुुट छैन र यस्तै गर्ने हो भन्ने अन्य विद्यालयलाई पनि सजग रहनुुपर्ने अवस्था आएको नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए ।

प्रतिक्रिया