धनगढी । कैलालीमा बुवाले छोराको हत्या गरेका छ्न् । जिल्लाको धनगढी उपमहानगरपालिका– ६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ बर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन् ।
शनिबार बुवा महेशले छोरा अर्जुनलाई घरदेखि अन्दाजी १५० मिटर टाढा जंगलमा इँटाले टाउकोमा हान्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।
महेश जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलाली
प्रतिक्रिया