बझाङमा चट्याङ लागेर २८ बाख्रा मरे

बझाङ । चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजे जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर २८ वटा बाख्रा मरेका हुन् । चट्याङले आफ्ना २८ वटा बाख्रा मरेको बुंगल नगरपालिका वडा नं १ बस्ने बाख्रा पालक किसान मानबहादुर बोहराले बताए ।

बोहराले भने, ‘घरभनदा टाढा रहेकोे गोइचनको मराड भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको चट्याङ लागेर बाख्रा मरेका हुन् ।’

चट्याङबाट बाख्रा मरेपछि ४ लाख बढीको क्षति भएको उनको भनाई छ । जंगलमा अचानक परेको चट्याङमा परी बाख्रा मरेपछि शुक्रबार अस्थायी प्रहरी पोष्ट बिजगडाबाट प्रहरी घटना स्थल गएर मुचुल्का बनाएको प्रहरीले बताएको छ । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले मानवीय क्षती भने नभएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया