चितवन । आज मतदान भइरहेका बेला चितवन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् ।
उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरेका हुन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनले जिकिर गरे ।
उम्मेदवार श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए ।
‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने । उनको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।
११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । तर उपनिर्वाचनमा आम निर्वाचनमा जस्तो मत नखस्ने अनुमान गरिएको उनले बताए ।
प्रतिक्रिया