पाँचथर । जिल्लाको याङ्वरक गाउँपालिकाको च्याङ्थापुमा भारत सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । च्याङ्थापु बजार नजिकै भिरबाट लडेर सिक्किमका केशव गुरुङको लडेर मृत्यु भएको हाे ।
पाँच जनाको टोली गए राति को समयमा हिँड्दै च्याङ्थापु बजारतर्फ आउँदै गर्दा गुरुङको भिरबाट लडेर ज्यान गएकाे पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।
गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याइएकाे डीएसपी खतिवडाले जनाए ।
प्रतिक्रिया