पर्साको पकहामैनपुर गाउँपालिकामा उपाध्यक्ष कन्यादान बिबाह रकम अनुदान बितरण

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकामा उपाध्यक्ष कन्यादान बिबाह रकम अनुदान बितरण समहारोह सम्पन्न भएको छ । पकहामैनपुर गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनले उपाध्यक्ष कन्यादान बिबाह रकम एक जनालाई ४५ हजार दिने योजना अनुसार रकम वितरण गरिन् । पकहामैनपुर गाउँपालिका को वडा १ देखि ५ सम्मका युवती हरु बीस वर्ष पुगि बिबाह हुन लागेका २६ जनालाई उपाध्यक्ष कन्यादान बिबाह अनुदान रकम बितरण गरिएको छ ।

कन्यादान बिबाह अनुदानबाट बालबिबाह रोकथाममा सहयोग पुग्ने उपाध्यक्ष सर्फुनेशा खातुनले बताइन् । गाउँ घरमा सानै उमेरमा बिबाह गर्दा बालिकाहरु लाई बिभिन्न् किसमका समस्या लाई मध्यनजर गरि बालबिबाह रोक्न यो योजना ल्याइएको उपाध्यक्ष सर्फुनेशाले बताईन । उनले भनिन्, ‘बिकास भनेको भौतिक बिकास सडक र भवन बनाउने मात्र होईन, महिला बालबिकास, युवा हरु को बिकास जरुरी रहेको छ ।’

कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सुरेश मेहताले भने यो कदम सराहनीय रहेकोले आउने दिनमा विशेष सहयोग गरिने बताए । कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा ले भने गाउँपालिका बाट बैचल पढने छात्राहरुलाई शिक्षा को लागि समेत सहयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ, वडाध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद कुर्मी, हरी चौहान, राकेस कुशवाहा, कार्यपालिका सदस्य रामबहादुर सोनार, नेकमहम्द मियाँ, रमावती देबी, अनिल साह तेली, दिलीप शर्मा, लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया