प्युठानमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु

प्युठान । प्युठानमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । प्युठान नगरपालिका–७ टिकुरी नयाँ बसपार्क नजिक पैदल हिँडिरहेकी गौमुखी गाउँपालिका– ७ नारिकोटकी अन्दाजी २० वर्षीया गीता विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार विश्वकर्मालाई लु १ ख ३८८९ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार टिपरले गिट्टी अनलोड गरेर ब्याग गर्ने क्रममा विश्वकर्मालाई ठक्कर दिएर गम्भीर घाइते भएकि थिइन् ।

घाइते भएलगत्तै उपचारको लागि उनलाई प्युठान अस्पताल बिजुवारमा लगिएको थियो । उनको उपचारको क्रममा प्युठान अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक प्युठान नगरपालिका–१० हाडिगैरा बस्ने २६ वर्षीय दिपक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जानकारी दिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया