प्युठान । प्युठानको जिल्ला प्रहरी कार्यालयले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय प्युठानको प्रांगणमा प्रहरी कर्मचारीहरुबीच माया सद्भाव कायम गर्ने उदेश्यले होली विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकताका आधारशिला भएकाले सबै मान्यता र धरोहर बचाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
यस्ता चाड पर्वलाई आफ्नो मान्यता अनुसार मनाउनुपर्ने उनले बताए । उनले भने, ‘चाडको नाममा हुने सामाजिक अपराध विकृति, विसंगतिलाई अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्नु सबै नागरिकको दायित्व हो, यसतर्फ सजक हुनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुवास खड्काले फागुपूर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन् ।
यस्ता पर्वका नाममा समाजमा विकृति, विसंगति र अप्राधिक घटना र सडक दुर्घटना बढ्न सक्ने भन्दै यस तर्फ चनाखो भएर फिल्डमा खट्न प्रहरी जवानहरूलाई निर्देशन दिएका छ । फिल्डमा खटेका सुरक्षाकर्मीको मनोबल उच्च बनाएक काम गर्नुपर्ने उनको भनाइ छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई फिल्डमा खटाएको बताए ।
प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल, प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख सुवास खड्का, अनुसन्धान अधिकृत दिपेन्द्र थापालगायत सिनियर प्रहरी अधिकृत, जुनिय प्रहरी अधिकृतको सहभागीता रहेको थियो ।
होलीको विशेष अवसरमा एकआपसमा रङ लगएर शुभकामना आदानप्रदान गरिएको थियो । सोमबार पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ। आज पहाडी जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एकआपसमा विभिन्न रङ तथा अबीर लगाएर मनाउने चलन छ । फागुपूर्णिमाको अवसरमा राजनीतिक दलका संघ संगठनहरुले शुभकामना दिएका छन् । आज सरकारले पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरूमा देशभर बिदा दिएको छ । आज प्युठान जिल्लामा पनि विभिन्न बजार, चोक, गाउँहरुमा जिल्लाबासीहरु जम्मा भई रङ लगाएर एकआपसमा माया सद्भाव साटासाट गरेर मनाइरहेका छन् ।
प्युठान
प्रतिक्रिया