महोत्तरी । प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास–१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाँडाबाट खटिएको प्रहरीले २–०३–००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा नम्बर १४ का नै २३ वर्षीय विशाल मगर रहेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाले जनाएको छ ।
प्रतिक्रिया