स्वास्थ्य संस्थामा सिटामोल नभएर बिरामी रित्तो हात फर्कन बाध्य

पर्सा । पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा औषधि ननभएपछि सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन । गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा दुई महिनादेखि सिटामोल समेत नभएपछि बिरामीहरु स्वास्थ्य संस्था बाट औषधि नलिई रित्तो हात फर्कन बाध्य भएका हुन् ।

औषधि पाउने आशाले स्वास्थ्य संस्थाहरुमा विश्वास गरेर बिरामीहरु जान्छ, तर औषधि नपाएर रितो हात फर्कन परेको स्थानीयहरुको गुनासो छ । स्वास्थ्य संस्थाहरुमा सबैभन्दा बढी महत्वपूर्ण मानिने औषधि सिटामोल हो । तर, स्वास्थ्य संस्थाहरुमा सिटामोल नभेट्नु दुःखद रहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकी लंगडीमा प्रत्यक दिन ५० देखि ६० जना बिरामीहरु चेकजाँच गराउन आउने गर्छन् । स्वास्थ्य संस्थामा चेकजाँचपछि ज्वरो देखिएर सिटामोल नै नपाउने स्थानीय बताउँछन् । सरकारले स्वास्थ्य चौकी हरुमा प्रत्यक वर्ष लाखौँ रुपैयाँ औषधि खरिद र कर्मचारीलगायत उपकरणहरुमा खर्च गरिरहेका छन् ।

तर, स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुको मोटो कमिसनका कारण औषधि खरिद तथा वितरणमा समस्या भएको बताइएकोछ । धोबिनी गाउँपालिकाको स्वास्थ्य चौकी र स्वास्थ्य प्रमुखहरुको चरम लापरबाहीका कारण औषधिमा समस्या देखिएको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया