कर्णाली जलपरियोजनाबारे जिल्लास्तरीय बृहत छलफल

कालीकोट । कर्णाली जलाधार क्षेत्रका विषयमा पत्रकार तथा सरोकारवालाहरुसंग बृहत छलफलत तथा बहस गरिएको छ ।

कर्णाली जलाधार क्षेत्रमा खानेपानीको हिसावले असुरक्षीत, खानेपानी तथा सरसफाइको पहुँच र सुविधाबाट वञ्चित घरधुरी एवं समुदायको जल सुरक्षीत भविष्य र जिविकोपार्जनका लागि सम्भावित बाधाहरुको सम्बोधन गर्न छलफल गरिएको हो ।

कर्णाली जलाधार क्षेत्रमा दीगो जलस्रोत व्यवस्थापन सुनिश्चित गर्न आवश्यक समन्वय र क्षमता अभिवृद्धि गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको छ । कर्णाली जलाधार परियोजनाले तीन प्रदेशका २९ वटा पालिकाकाम गरिहेको छ ।

कर्णाली जलाधार क्षेत्रको जल सुरक्षीत भविष्य र दिगो जलस्रोत व्यवस्थापनका आवश्यकता र चुनौती सम्बोधन गर्न एक जल अवधारणा (वान वाटर अप्रोच) लाई अवलम्वन गर्ने छ । सुरक्षीत खानेपानी तथा उत्पादनशिल जल उपयोगका लागि दिगो पहूँच अभिवृद्धि गर्ने आसय यस परियोजनाको रहेको छ ।

स्थानीय तहमा सबैको लागि सुरक्षित खानेपानीको आपुर्ति, कृषिजन्य उत्पादन वृद्धि तथा विकास र सामुदायिक उत्थानशिलताको लागि जलको उत्पादनशील प्रयोग, जल सुरक्षा र जल संरक्षणको लागि घरायसी र कृषि कार्यमा सामाजिक मान्यता तथा व्यवहारमा परिवर्तन गर्ने परियोजनाका सल्लाहकार नरविर ऐडीले बताए ।

जलाधारका पालिका संयोजक प्रविन नेपालीले आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्म २ सय ७० खानेपानी आयोजना निर्माण तथा पुनः निर्माण गर्ने, ५० बहुउपयोगी खानेपानी आयोजना निर्माण, १० नगर सरसफाइ योजना तथा नगर सरसफाइ व्यवसायीक योजना निर्माण गर्ने बताए ।

नेपालीका अनुसार ६ दिशाजन्य लेदो प्रसोधन केन्द्रको निर्माण तथा ६ लेदो प्रसोधन केन्द्र सञ्चालन योजना निर्माण, २९ जल उपयोग गुरुयोजना निर्माण, २ सय ७० खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन र क्षमता विकास गर्ने र २९ संस्थागत क्षमता स्व–मूल्यांकनबाट संस्थागत क्षमता विकास योजनाको तयारी गरिनेछ ।

कर्णाली जलपरियोजना भित्र पनि विशेष गरी तिला जलाधार क्षेत्रको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको छ । सामाजिक व्यवहार परिवर्तनसम्बन्धी जिल्लास्थित पत्रकार तथा अन्य सरोकारवालाहरुसँग विशेष बहस गरिएको हो ।

युएस ए आइडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार क्षेत्रको बारे पत्रकार तथा सरोकारवालाहरुसँग सूचना आदानप्रदान एवं पत्रकार र सरोकारवालाहरुको भूमिका के कस्तो रहन्छ भनी समूह कार्यसमेत गरिएको छ । कार्यक्रम गर्दा स्थानीय सरकारको विशेष भूमिका रहने पनि सहभागीहरुको जोड छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया